Showing posts with label C. Show all posts
Showing posts with label C. Show all posts

Wednesday, January 26, 2011

शैक्षिक तालिम केन्द्रमा रोस्टर प्रशिक्षक बन्नलाइ नयाँ मापदन्ड

शैक्षिक तालिम केन्द्र भोजपुरमा यही मिति २०६७ साल माघ ११ गते केन्द्रमा श्याम प्रसाद आचार्यको अध्यक्षतामा बसेको केन्द्रको बैठकले तालिममा गुणस्तर कायम गर्न एउटा निर्णय गरेको छ । तालिमकेन्द्रमा रोष्टर प्रशिक्षक भै काम गर्नको लागी बरिष्ठ भएर मात्र पुग्दैन, शिक्षकले अध्यापन गर्ने विद्यालयमा आफ्नो विषयमा विद्यार्थीको उपलब्धी उच्च हुनु पर्नेछ । यसो गर्नुको मुख्य उद्देश्य मेहनती, दक्ष, जवाफदेही शिक्षकहरुमात्र रोष्टरमा नमुनाको रुपमा आउन सकुन भन्ने नै हो । रोष्टर प्रशिक्षक छान्ने बेलामा यस मापदन्डलाइ सर्वप्रथम मध्यनजर गरिने छ ।

यो निर्णयलाइ कार्यान्वयन गर्न तलिमकेन्द्रले तालिम सम्योजक समितीबाट यो निर्णय पास गराएर यही २०६७ फागुन १ गतेदेखी लागु गर्ने योजना बनाएको छ ।