Friday, January 14, 2011

50 Problems of Our Community School Teachers!

यहाँलाई शैक्षिक तालिम केन्द्रको तर्फबाट म श्यामप्रसाद आचार्य स्वागत गर्दछु । यदि यहाँ शिक्षा क्षेत्रमा आफनो केही योगदान हुनु पर्दछ भन्ने सोच्नु हुन्छ भने हामीले शिक्षकको पेशागत विकास कार्यक्रमको  भाग  तीन शैक्षणिक परामर्षका अवसरमा भोजपुरका शिक्षकहरुले धेरै समस्याहरु राख्नुभएको थियो । कयौँ समस्या विषयगत थिए जो यहाँ प्रस्तुत गरेको छैन । केही समस्याहरु समसामयिक र उल्लेख्य ठानेर यहाँ प्रस्तुत गरेको छु । यी प्रश्नहरु एकपटक सरसर्ती पढ्नुहोस् । अनी जती सक्नुहुन्छ त्यती सम्याको बारेमा समाधानका उपाय वा प्रतिक्रिया लेखी आफ्नो भूमिका जनाइदिनुहोला । तपाइको योगदान नेपालका लागी महत्वपूर्ण हुन सक्दछ । तपाइले दिएको उत्तर तपाइको अनुमतिमा तपाइको नाम समेत उल्लेख गरी प्रकाशित गरिने छ । प्रतिक्रिया या त email ; etcbhojpur@yahoo.com, shyam.acharya@yahoo.com अथवा यही ब्लगमा आफनो समाधान वा प्रतिक्रिया दिनुहोला ।।

‍‍‍‍===========================================================
 
२०६७ साल आसाढ महिनामा भोजपुरमा गरिएको शैक्षणिक परामर्शका क्रममा शिक्षकहरुले राखेका समस्याहरुः

1.       विद्यार्थीहरु धेरै छन् कसरी म्यानेज गर्ने ?
2.       English  का Reference Book को अभाव
3.       ठूलो कक्षा control गर्न कठिन
4.       तलिममा सिकेका कुरा लागु गर्न कठिन
5.       अभिभावकको विद्यार्थीको क्रियाकलापप्रति उदासिनता -  विद्यार्थी अनुपस्थीत
6.       अभिभावकले छोराछोरीको पढाइप्रति रुची देखाएका छैनन् ।
7.       प्रत्यके कक्षामा बालबालिकाको उमेर भिन्न भिन्न छ
8.       अङ्ग्रेजि बोर्डिङ विद्यालयमा वढदो विद्यार्थी चाप, सामुदायिक विद्यालयमा घट्दो
9.       सि०अ०क०को तालिम छैन । आवश्यक भएको
10.   विद्यार्थीहरु कापी किताव लिएर विद्यालय आउँदैनन् । शिक्षण गर्न गाह्रो
11.   अभिभावकहरु बोर्डिङमा बालबालिकालाइ निगरानी गरेर पठाउँछन् तर सामुदायिक विद्यालयमा त्यसरी पठाउँदैनन् ।
12.   विद्यार्थीको स्तर कक्षामा समान छैन । उच्च स्तरबाट शिक्षण गर्दा न्यून लाई नसमेटिने । न्यूनबाट जाँदा उच्च क्षमता भएकालाइ नसमेटिने ।
13.   शिक्षकको गाइडबाट विद्यार्थीबाट समाधान आओस् भन्ने चाहना भएको तर त्यो हुन नसकेको
14.   विद्यार्थी विद्यालय आउँदैनन् आएभनेपनी होमवर्क गर्दैनन् ।
15.   शिक्षक निर्देशिका पाइदैन । उपलब्ध छैन । सशुल्क भएपनि उपलब्ध गराइदिए हुन्थ्यो ।
16.   गृहकार्य जाँच गर्न समयको अभाव  छ ।
17.   नेपाली विषयमा शुद्धाशुद्धीको नयाँ मानक छैन । एउटै छैन । श र स को फरक हुने अवस्था के हो ? पाठ्यपुस्तकमा परिक्रमण, भ्रमण र प्रदक्षिणको एउटै अर्थ दिएको छ के यो सही हो ?
18.   नेपालीमा छन्दको थोरै मात्र परिचय दिएको छ तर सिकाउनु पर्ने धेरै छ । SLC मा प्रश्न पनि सोधिँदैन । के यो हटाउन मिल्दैन ?
19.   Liberal class promotion ले समस्या ल्यायो । CAS बाट कक्षोन्नतिबाट कक्षा ३ मा पुगेपनि क,,, नै पढाउनुपर्ने हो की ?
20.   सामुदियक विद्यालयमा शिक्षा निःशुल्क भएर हो की अभिभावकको चासो कमी भएको?
21.   Project Work विद्यालयमा मात्र सिमित भयो । विद्यार्थीहरु PW  गर्न उत्साहित छैनन् ।
22.   विद्यार्थिलाइ विद्यालयमा उपस्थीत गराउने सीप केही छ की?
23.   सामाजिक अध्ययन विषयमा Socialization सीप भनेको के के हो? कति हो?
24.   सामाजिक अध्ययनमा कक्षामा प्रयोगात्मक अभ्यास गराइन्छ तर SLC मा प्रयोगात्मक परीक्षा राखेको छैन किन होला । राख्न सकिदैन र?
25.   Geographical Map को projection शिक्षण गर्न गाह्रो भयो ।
26.   पृथ्विको अक्षको झुकाव ६६.५ डिग्रि कता र कुन दिशामा हो ?
27.   लोक नाच र गीत सम्बन्धमा पाठ्यपुस्तकमा समस्याहरु दिइएको छ तर उत्तर छैन । कहाँबाट पाउने ? कि दिनुपर्यो की हटाउनु पर्यो । यस्ता विषयवस्तु पाठ्यपुस्तकमा राखिएको छ जसको शिक्षण हामीबाट मात्र सम्भव छैन । Resource person ल्याउने भनेको छ तर त्यस्ता Resource Personn स्थानीय स्तरमा पाइँदैनन् ।
28.   Field Trip मा विद्यार्थी control गर्न गाह्रो छ कसरी गर्ने ?
29.   सानो कक्षाकोठामा धेरै विद्यार्थी रहेको अवस्था छ कसरि कक्षा ब्यवस्थापन गर्ने?
30.   कक्षामा न्युनतम सिकाइ उपलब्धी समेत नभएका विद्यार्थी भएकाले समस्या अएको छ
31.   विद्यालयका शिक्षकहरु जि.सि.का., तालिमकेन्द्र, सँघसँस्था, पेसागत सङ्गठनका कार्यक्रममा सहभागी हुँदाहुँदै कक्षाकोठामा समय दिन कठिन भएको ।
32.   सिकाइ उपलब्धी बृद्धि गर्न प्रयास गर्दा गर्दै पनि बृद्धि नभएको ।
33.   भाषाका चार सीप विकास गर्न कठिनाइ भएको छ । कुन बाटोमा अगाडी बढ्ने?
34.   Optional Math मा कुनै कुनै समस्या समाधान हुन्छ तर Formula मलाइ थाहा छैन । कसरी शिक्षण गर्ने?
35.   विद्यार्थीले लेख्ने क्रममा (, 4, 9) (6,) लाइ मिसाएर लेख्छन् । यस्तो समस्याको समाधान के हो ?
36.   कुनै कुनै विषयवस्तु शामाजिक अध्ययन विषायमा दिएको छैन । विद्यार्थीले किन यस्तो भयो होला भनी सोधेमा नाजवाफ हुनु परेको छ ।
37.   शामाजिक अध्ययन विषायमा धेरै विषयवस्तु दिइएको छ । पाठ्यपुस्तकमा त्यसबारेमा सुचना दिइएको छैन । अनुमानको आधारमा शिक्षण गर्नु परेको छ ।
38.   अभ्यासमा धेरै कुरा सोधिएको छ । कितावमा दिइएको छैन । विद्यार्थीले अभ्यास गरेर आउँदैनन् ।
39.   समूह कार्य गराउन सकिएको छैन ।
40.   हामीले सिकाउन खोजेको कुरा विद्यार्थीसम्म पुग्यो पुगेन भनी कसरी लेखाजोखा गर्ने?
41.   लोक धुन, लोक बाजाका बारेमा धारणा दिने स्रोत हामीसँग छैन के गर्ने ?
42.   विज्ञानमा Valency प्रकारका दिइएकोव छ । यो किन भयो होला?
43.   भवनका कारण विज्ञानको Experiment गराउन सकिएको छैन ।
44.   अङ्ग्रेजीमा Reported Speech शिक्षण गर्न कठिन ।
45.   अङ्ग्रेजीमा विद्यार्थी Response गर्दैनन् । लेखेको मात्र सार्दछन् । के गर्ने ?
46.   सिकाइ उपलब्धी नभएका विद्यार्थीलाइ कछ्योन्नती नगराउनु पर्नेमा गराएकोले समस्या ।
47.   शिक्षणसिकाइका लागि आवश्यक सामग्री किन्न प्र०अ० उदासिन छन् ।
48.   एउटै कक्षामा १२० जनाभन्दा बढि विद्यार्थी छन् कसरी शिक्षण विधी, सामग्री र मुल्याङ्कन गर्न सम्भव हुन्छ र ? आमसभामा बोलेजस्तोव गर्नु परेको छ ।
49.   हामी त स्थानीय भाषाका ठाउँमा अङग्रेजी पढाउँछौ । अभिभावक पनी त्यही चाहन्छन् ।
50.   कक्षा दससम्मपनि विद्यार्थी नेपालीमा शुद्ध लेख्न र उच्चारण गर्न सक्दैनन् ।
© Educational Training Centre, Bhojpur
Presentor: Shyam Prasad Acharya
For. Senior Instructor

3 comments:

  1. Yes these problems are being cited by many comm. school teachers. Hope we will find the correct answer of these questions.

    ReplyDelete